२०८१ पुष ६ गते शनिवार | 2024 December 21st Saturday

सल्यानकाे बागचाैरमा वक्तृत्वकला, वादविवाद र निबन्ध प्रतियोगिता सम्पन्न

सल्यानकाे बागचाैर नगरपालिकामा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, वादविवाद प्रतियोगिता र निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।

बागचाैर नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखाकाे आयोजनामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय वादविवाद प्रतियोगिता र निम्नमाध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको हाे ।

बागचाैर नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख चित्रा बस्नेतकाे अध्यक्षतामा नगर शिक्षा समिति अध्यक्ष तथा नगर प्रमुख जनकराज गाैतमकाे प्रमुख आतिथ्यतामा प्रतियोगिताहरु संचालन गरिएको थियोे ।

जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेको हलमा भएकाे प्रतियोगितामा विभिन्न स्थान हासिल गर्ने छात्र, छात्रालाई प्रमाणपत्र पत्र तथा पुरस्कार प्रदान गरिएको थियाे ।

विद्यार्थीका लागि जीवन उपयोगी सीप र पाेषण विषयक माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगितामा प्रथम स्थान सरस्वती माध्यमिक विद्यालयका इलेक्ट्रोना बाेहाेरा, द्वितीय स्थान शिशु जागरण माध्यमिक विद्यालयका पवन डाँगी, तृतीय स्थान मावि लस्तम विद्यालयका पुनम बुढाथोकी, सान्त्वना स्थान दुर्गा सरस्वती माध्यमिक विद्यालयका झरणा डाँगीले प्राप्त गर्नुभएको थियाे ।

प्रतिभा पहिचान अन्तर्गत सामाजिक संजालको उपयोग वा दुरुपयोग विषयक माध्यमिक विद्यालय स्तरीय वादविवाद प्रतियोगितामा प्रथम स्थान सरस्वती माध्यमिक विद्यालयका
दिलमाया वली, द्वितीय स्थान बाल कन्या माध्यमिक विद्यालय कोटबाराका कल्पना वली, तृतीय स्थान सरस्वती माध्यमिक विद्यालय पेदीखाेलाका भावना के.सी, सान्त्वना स्थान जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेका सुन्दरी वि.कले प्राप्त गर्नुभएको थियो ।

प्रतिभा पहिचान अन्तर्गत नैतिक शिक्षा आजको आवश्यकता विषयक निमावि स्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान सहिद भरत स्मृति विद्यालयका विकास शर्मा, द्वितीय स्थान शिशु जागरण विद्यालयका चेतना डाँगी, तृतीय स्थान अमर ज्याेति माध्यमिक विद्यालयका अभिषेक बि.क, सान्त्वना स्थान बालबाेध आधारभुत विद्यालयका विपना चन्दले प्राप्त गर्नुभएको थियोे ।

कार्यक्रममा नगर प्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष जनकराज गाैतम, शिक्षा शाखा प्रमुख चित्रा बस्नेत, नगर शिक्षा परामर्श समिति अध्यक्ष हिरालाल न्युपाने, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी लगायत नगरवासीहरुकाे उपस्थिति रहेकाे थियो ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस