सल्यानकाे बागचाैर नगरपालिकामा २ दिन सम्म संचालन भएको नि:शुल्क कान स्वास्थ्य शिविर सम्पन्न भएको छ । बागचाैर नगपालिकाकाे आयाेजनामा नेपाल नेत्र ज्याेति संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपालकाे आर्थिक सहयाेग, बि.एन.(ब्रिटेन नेपाल) सामुदायिक कान उपचार सेवा गणेशमान चाेक र सिद्धार्थ अस्पताल नेपालगंज बाकेकाे प्राविधिक सहयाेगमा प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा नि:शुल्क कान स्वास्थ्य सेवा शिविर संचालन गरिएको थियो ।
उक्त शिविरमा ४६६ जनाले सेवा लिएका छन । ५१ जना विरामी अप्रेशनकाे लागि नेपालगन्ज रिफर भएका छन् भने ६३ जनालाई कान सुनुवाइको लागि नि:शुल्क श्रवण यन्त्र प्रदान गरिएको छ ।
नगरपालिकामा शिविरकाे आयोजना गरि नगरवासीकाे स्वास्थ्य उपचारमा सहयोग गर्न पाउदा खुसी लागेको नगर प्रमुख जनकराज गाैतमले बताउनुभयो । उहाँले अब नगरपालिकामा छिट्टै महिलाहरुका लागि स्वास्थ्य शिविरकाे आयोजना गर्ने बताउनुभयो । २ दिन सम्म संचालन भएको नि:शुल्क कान स्वास्थ्य सेवा शिविरमा सहयोग पुर्याउने सहयोगी संस्था तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
शिविरकाे आयोजना गर्ने नगरपालिका परिवार, सहयोगी संस्था तथा स्वास्थ्यकर्मीलाई सेवाग्राहीले धन्यवाद ज्ञापन गर्दै घर आगनमै नि:शुल्क सेवा लिन पाउँदा खुसी लागेको बताए ।