बागचाैर नगरपालिकामा मेलमिलापकर्ताहरुकाे लागि ४८ घण्टे आधारभूत तालिम सम्पन्न भएको छ ।
बागचाैर नगरपालिकाकाे आयोजना तथा संवाद सहजीकरण तथा मेलमिलाप सेयर सेन्टर सुर्खेतकाे सहजीकरणमा भएको उक्त तालिम आइतबार सम्पन्न भएको हाे ।
स्थानीय तहमा न्याय सम्पादनको लागि सहज पुराउने उद्देश्यले न्यायिक समितिका पदाधिकारीहरु तथा मेलमिलापकर्ताको क्षमता विकासका लागि तालिमकाे आयोजना गरिएको थियोे ।
तालिमकाे समापन कार्यक्रममा बाेल्दै नगर प्रमुख जनकराज गाैतमले तालिम बाट गाउँठाउँमा हुने विभिन्न प्रकारका झैझगडा तथा घटनाहरुकाे विवादहरुलाई गाउँमै मिलाउन सहयोग पुग्ने बताउदै, निश्पक्ष तरिकाले मेलमिलापकर्ताले न्याय सम्पादन गर्न अनुरोध गर्नुभयो ।
समापन कार्यक्रममा बाेल्दै नगर उप-प्रमुख तथा न्यायिक समिति संयोजक सुम्निमा डि.सी वलीले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारी गाउँठाउँमा सर्व सुलभ न्यायको प्रत्याभुती गर्न, न्यायिक समितिलाई सफल र सक्षम बनाउने मुख्य भुमिका मेलमिलापकर्ताको हुने बताउनुभयो ।
तालिममा न्यायिक समितिको काम, कर्तब्य, अधिकारको बारेमा स्पष्ट, फैसलामा आउने कठिनाई न्युनिकरण गर्न, न्यायिक समितीमा पर्ने उजुरीको फैसला गर्दा ध्यान दिनुपर्ने विषयहरुका बारेमा आफुले सिकेको ज्ञान र सिपले गाउँ ठाउँमा हुने विभिन्न प्रकारका झैझगडा तथा घटनाहरुकाे विवादहरुलाई गाउँमै मिलाउन सहयोग पुग्ने सहभागीहरुले बताएका छन ।
बागचाैर नगरपालिकाका न्यायिक समिति संयोजक तथा उप-प्रमुख सुम्निमा डि.सी वलीकाे अध्यक्षतामा चैत्र १२ गतेदेखि १९ गतेसम्म संचालन भएको उक्त तालिमकाे समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, कानुन शाखा प्रमुख पुर्ण बहादुर वली, प्रशिक्षक अर्जुन प्रसाद घिमिरे, लाेक बहादुर थापा लगायत विभिन्न वडाका मेलमिलापकर्ताहरुकाे सहभागीता रहेको थियो ।