२०८२ असार १४ गते शनिवार | 2025 June 28th Saturday

नेपाल ज्योतिष परिषद्को रजत जयन्तीमा बृद्धबृद्धाहरूलाई फलफूल वितरण

नेपाल ज्योतिष परिषद्को रजत जयन्तीमा दाङ जिल्लामा केन्द्रीय समिति, लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला समितिको संयुक्त आयोजनामा दाङको तेरौटे बृद्धाआश्रममा रहनु भएका बृद्धबृद्धाहरूलाई फलफूल वितरण गरिएको छ । नेपाल ज्योतिष परिषद्को २५ औं बार्षिकोत्सव रजत वर्षको अवसरमा दाङको तेरौटे बृद्धाआश्रममा रहनु भएका बृद्धबृद्धाहरूलाई फलफूल वितरण गरिएको हो ।                                                         

नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष ज्यो. श्री मेघराज आचार्यको सभापतित्व भएको उक्त कार्यक्रममा नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिव सहप्राध्यापक डा. श्री अर्जुनप्रसाद भट्टराई प्रमुख अतिथि रहनु भएको थियो ।             

नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिव सहप्राध्यापक डा. श्री अर्जुनप्रसाद भट्टराईले ज्योतिष जीवनको मार्गदर्शक हो । यो भाग्य र कर्ममा विश्वास गर्दछ भन्नुभएको थियो । नेपाल ज्योतिष परिषद्को २५ औं बार्षिकोत्सव रजत वर्ष मनाउन पाउनु ज्योतिष परिषदको ठुलो उपलव्धि रहेका वताउनु भयो ।           

नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश सदस्य कमल भट्टराईको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका केन्द्रीय सदस्य केशव गौतम,नेपाल ज्योतिष परिषद् दाङका अध्यक्ष उपप्राध्यापक कपिल सुवेदी,लगायत ज्योतिष परिषद् लुम्बिनी प्रदेश समितिका पदाधिकारी र सदस्यहरू, दाङ जिल्ला समितिका पदाधिकारी, ज्योतिष, धर्मशास्त्र अनुरागी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस