२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

बा.न.पा. ७ को चौथो वडा कप खेलकुद प्रतियोगिता शुक्रबार बाट सुरु

बागचौर नगरपालिका वडा नं. ७ को चौथो वडा कप खेलकुद प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नगर प्रमुख गौतमले वडा कप खेलकुद कार्यक्रमले खेल क्षेत्रको विकास गर्न, लुकेर रहेका खेलहरु तथा खेलाडीहरुलाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले खेलाडीहरुले अनुशासित भएर खेलमा सहभागीता जनाउन आग्रह गर्दै, खेलकुदका माध्यमबाट वडा, नगर हुदै अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने गरि खेल खेल्न खेलाडीहरुमा अनुरोध समेत गर्नुभयो। नगरपालिका खेल क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सधैं तत्पर रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष दिपेश डि.सी, वडा नं. ३ का वडाध्यक्ष भिम प्रकाश भण्डारी, वडा नं. ४ का वडाध्यक्ष कृष्ण बस्नेत, कार्यपालिका सदस्य रेशम बि.क विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, बिद्यार्थी, पत्रकार, बुद्धिजीवी लगायत वडावासीहरुको सहभागीता रहेको थियो ।

वडा नं. ७ का वडाध्यक्ष प्रेम बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा स्वागत मन्तव्य खेलकुद संयोजक पारस खड्काले राख्नुभएको थियो भने सहजीकरण वडा सचिव केशव चन्दले गर्नुभएको थियो ।
पाैष ८ गते देखि सुरु भएको वडा कप खेलकुद प्रतियोगितामा अन्य विभिन्न प्रतियोगिताहरु हुने र कार्यक्रम पुस १० गतेसम्म संचालन रहने वडा सचिव चन्दले जानकारी दिनुभयो।

 

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस