२०८२ कार्तिक २२ गते शुक्रवार | 2025 November 7th Friday

पुराना सुनका गहना नयाँ बनाइदिने भन्दै ठगी गर्ने २ भारतीय नागरिक बागचाैर बाट पक्राउ

सुनका पुराना गरगहना टलकाएर नयाँ जस्तै बनाउने भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन।

सल्यानकाे बागचौर नगरपालिका वडा नम्बर ७ मा पिमलाल डाँगीकाे घरमा पुगेर तपाईहरुकाे सुन (गरगहना) टल्काएर नयाँ बनाईदिन्छौ सो काम गरे बापत आफूलाइ ज्याला (रुपैयाँ) नचाहिने भनि प्रलोभनमा पारी सुन टल्कायाउने क्रममा टल्काउन (बनाउन) दिएको सुन (गरगहना) मा विभिन्न रसायन प्रयोग गरी आधा भाग भन्दा बढी मात्रामा सुन लुकाई ठगी गरेको भन्ने जानकारीको आधारमा उनिहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीले बताए।

पक्राउ पर्नेमा भारतकाे भागतपुर जिल्ला, बिहार प्रदेश शेरमारी ग्राम पञ्चायत बस्ने ६७ वर्षिय महेन्द्र साह र भारतकाे गोड्डा जिल्ला, झारखण्ड प्रदेश बिश्वासखाने ग्रामपञ्चायत बस्ने ५५ वर्षिय पोगो साह रहेको ईलाका प्रहरी कार्यालय थारमारे सल्यानले जनाएको छ।

उनिहरुलाई शनिबार राति साढे १० बजेतिर पक्राउ गरेकाेमा पीडित पक्षले उनिहरु बिरुद्वमा जाहेरी दरखास्त दिएपछि पक्राउ मिति बाटै लागु हुने गरी सल्यान जिल्ला अदालतबाट १० (दश) दिनको म्याद थप अनुमती लिई ईलाका प्रहरी कार्यालय थारमारे सल्यानको हिरासत कक्ष थुनामा राखी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताएका।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस