बागचौर नगरपालिका सल्यानको आयोजनामा तथा विकलाङ्ग मित्र समूह/अपांग बाल अस्पताल तथा पुनस्थापना केन्द्र (HRDC), बनेपा को सहयोगमा घुम्ती स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शिविरमा नगरका विभिन्न वडाका शारीरिक अपांगता भएका बालबालिकाहरूको परीक्षण, उपचार र पुनर्स्थापन सेवा प्रदान गरिएको थियो। यस अवसरमा जम्मा ७६ बालबालिकाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
कार्यक्रममा अभिभावक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो।
शिविर उद्घाटन कार्यक्रममा नगर प्रमुख जनकराज गौतमले भन्नुभयो: “अपांगता भएका बालबालिकाको पहिचान, उपचार र पुनर्स्थापनका लागि यस्ता शिविरहरू प्रभावकारी माध्यम हुन्। बागचौर नगरपालिका समुदायमै पुग्ने स्वास्थ्य सेवा विस्तारमा निरन्तर प्रतिबद्ध छ।”


