२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

सर्पकाे टाेकाइ बाट सल्यानमा एक बालकको मृत्यु

सल्यनमा सर्पको टाेकाइ बाट एक बालक को मृत्यु  भएको छ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ भंगेरि घर भै हाल शारदा नगरपालिका वडा नम्बर ६ बरला बस्दै आएका  १३ वर्षीय बालक अर्जुन बस्नेतको सर्पले टोक्दा मृत्यु  भएको  जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बालकलाई हिजो राती १० बजेको समयमा सर्पले टोकेको थियो। आफ्नै घरमा  आमा-बुबा संगै सुतिरहेको अवस्थामा सर्पले टोकेपछि घरेलु उपचार गरि बिहान ५ बजेको समयमा जिल्ला अस्पताल खलंगामा ल्याइ उपचार गर्दै गर्दा ५:३० बजेको समयमा मृत्यु भएको प्रहरीले  जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस