२०८२ चैत्र १९ गते बिहिवार | 2026 April 2nd Thursday

नेपाल ज्योतिष परिषदले दाङको धारापानीमा बिश्व कल्याणार्थ रुद्राभिषेक गर्ने

नेपाल ज्योतिष परिषद दाङ जिल्ला कार्यसमितिको आयोजनामा बिश्व कल्याणार्थ रुद्राभिषेक हुने भएको छ । विश्वकै अग्लो त्रिशूल रहको दाङ को पाण्डेबेश्रवरधाम धारापानीमा नेपाल ज्योतिष परिषद् दाङको आयोजनामा पाण्डवेश्वर मन्दिर धारपानीमा विगतका बर्षहरूमा जस्तै यस बर्ष पनि साउन १४ गते शनिबारका दिन लघुरूद्री गर्ने निर्णयानुसार सबैमा उपस्थितका लागि सादर आमन्त्रण गरिएको छ ।

साथै उक्त कार्यक्रममा कर्ता बन्न चाहने व्यक्ति र परिवारले समयमै सम्पर्क गर्नुहुन  अनुरोध छ । आयोजक नेपाल ज्योतिष परिषद्,दाङ मिति साउन १४ गते समय   विहान ८ बजे स्थान  पाण्डवेश्वर मन्दिर धारपानी, दाङ रुद्राभिषेक तथा  दुर्गा सप्तसति चण्डी पाठ हुने भएको हो ।

उक्त कार्यक्रममा नेपाल ज्योतिष परिषद दाङ जिल्ला कार्यसमिति पदाधिकारी तथा केन्दिय प्रतिनिधि,प्रदेश प्रतिनिधि ,स्थानिय नगर कमिटि लगायत सम्पुर्ण ज्योतिष गुरुहरुलाई उपस्थित हुन दाङ जिल्ला कार्यसमिति सचिव अर्जुन कुमार आचार्यले जानकारी दिनु भयो ।

साथै कार्यक्रममा सहभागि भई यो पुन्य काम लाई सफल वनाउन सम्पुर्ण ज्योतिष गुरु तथा धार्मिक अनुरागीहरुमा नेपाल ज्योतिष परिषद दाङ जिल्ला शाखा अध्यक्ष कपिलदेव सुवेदीले अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस