२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

बागचाैर २ चयालगाउँमा लिफ्ट खानेपानी उद्घाटन- घरमै पानी आउँदा स्थानीय हर्षित

बागचाैर नगरपालिका वडा नम्बर २ चयालगाउँमा लिफ्ट खानेपानी उद्घाटन गरिएको छ ।
बागचाैर नगरपालिकाकाे ४० लाख आर्थिक सहयाेगमा स्थानीय जनश्रमदानबाट ८ लाख सहयोगमा गरी कुल ४८ लाखमा आयोजनाकाे काम सम्पन्न भएको हाे ।
घरकाे आगनमा खानेपानी आइपुग्दा स्थानीयहरु हर्षित भएका छन । पहिले घण्टाै समय लगायर पानी बाेकेर पिउन बाध्य रहेकोमा अहिले आफ्नै घरकाे आगनमा पानी आउँदा समयकाे बचत भएको स्थानीय बताउछन् । पानी घरकाे आगनमा आउँदा सरसफाइमा धेरै सहज भएको स्थानीयकाे भनाइ छ, पहिले पानी पिउन चर्पीमा प्रयाेग गर्न प्रयाप्त पानी नहुदा अप्ठ्यारो हुने गरेकोमा अहिले सहज भएको उनीहरु बताउँछन् ।

कार्यक्रममा बाेल्दै बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतमले यस बस्तीमा आफु आउँदा खानेपानी र बिद्धुतकाे आवश्यकता रहेको स्थानीयहरुकाे माग हुने गरेकाेमा खानेपानीकाे समस्या हल भएकोमा खुसी व्यक्त गर्दै एउटा जिम्मेवारी पूरा गरेको बताउनु भयाे ।अब यसकाे संरक्षण र व्यवस्थापन गर्ने जिम्मा उपभोक्ताकाे रहेकाे उहाँले बताउनुभयो । अब बिधिमा रहेर यसलाई संस्थागत रुपमा लैजाने , मर्मत शुल्कको नीति बनाउने, साना-तिना समस्याको समाधान संस्थाले आफैं गर्ने गरि काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बाेल्दै नगर उप-प्रमुख सुम्निमा डि.सी (वली) ले अब
कुवा बाट पानी ल्यानुपर्ने बाध्यताबाट घरमै धाराको सुविधा प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभयाे । यसरी प्राप्त सुविधा पाउनु मात्र भन्दा पुस्ताै-पुस्ता सम्म यसलाई जोगाउन जिम्मेवारी बन्न आवश्यक रहेको बताउनुभयो । आवश्यक खानेपानीमा आत्मानिर्भर बन्ने कुरामा सक्रिय बन्न जरुरी रहेको भन्दै मिटर सिस्टमको ब्यवस्था गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बाेल्दै वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी ले याे ठाउँमा ऐतिहासिक काम भएको भन्दै खुसी व्यक्त गरे, शुद्ध पानी पिउनबाट बन्चित र सरसफाइका लागि आवश्यक पानी नहुदा स्थानीयले बेहोर्नु परेकाे सास्ती अब बेहाेर्न नपर्ने बताउदै यसकाे व्यवस्थापन गर्न संस्थागत रुपमा दर्ता गर्ने प्रक्रियामा लैजान काम गर्नुपर्ने बताउनुभयो ।

चयालगाउँ लिफ्ट खानेपानी आयोजना समितिका अध्यक्ष वसन्त शर्माकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि बागचाैर नगरपालिका नगर उप-प्रमुख सुम्निमा डि.सी (वली) अतिथिहरुमा वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी, बागचाैर नगरपालिका याेजना शाखा प्रमुख पुर्ण वली, वडा नम्बर २ का निवर्तमान वडा अध्यक्ष घनश्याम शर्मा, पत्रकार लगायत स्थानीयहरुकाे उपस्थिति रहेको थियाे । कार्यक्रममा आयोजना समितिका काेषाध्यक्ष बिमला शर्माले स्वागत मन्तव्य राख्नुभएको थियोे । कार्यक्रमकाे सहजीकरण आयोजना समितिका सचिव दिनेश नेपालीले गरेका गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस