२०८२ बैशाख ५ गते शुक्रवार | 2025 April 18th Friday

सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबिकरण सेवा खरिबोट बजारबाट सुरु ।

सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबिकरण सम्बन्धि सेवा बागचौर नगरपालिका वडा नम्बर २ कार्यालयले वडाकाे खरिबोट बजार बाट पनि उपलब्ध गराउने भएको छ । सेवा प्रभावलाई छिटो छरितो र सहज रुपमा प्रदान गर्न वडा नम्बर २ काे खरिबाेट बाट पनि सेवा दिइएको हाे ।
वडा नम्बर २ मा सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबिकरण गर्ने र नयाँ लिने सेवाग्राहीहरुकाे संख्या धेरै भएकोले २ ठाउँबाट सेवा उपलब्ध हुदा सेवाग्राहीलाई सहज हुने वडा अध्यक्ष दिपेश डि.सीले बताउनुभयो । बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमकाे प्रमुख आतिथ्यतामा, नगर उपप्रमुख सुम्निमा डि.सीकाे बिशिस्ट अतिथ्यतामा, वडा अध्यक्ष दिपेश डी.सी. वडा सदस्यहरु, स्थानीयहरुकाे उपस्थितिमा सेवा केन्द्र उद्घाटन गरिएको हाे ।
प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस