२०८२ कार्तिक ६ गते बुधवार | 2025 October 22nd Wednesday

जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानमा ५४ लाख बढी राजश्व सङ्कलन

आर्थिक वर्ष २०७८/०७९ मा ट्राफिक प्रहरी कार्यालय सल्यानले ५४ लाख बढी राजस्व संकलन गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेर चलाएका ६ हजार १ सय ६३ यातायातका सवारी साधन कार्वाही पर्दा वर्षभरिमा ५४ लाख ८६ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी सहायक निरीक्षक लक्ष्मण विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी २ हजार ८ सय २७ मोटरसाईकललाई कार्वाही गर्दा २४ लाख ८५ हजार ७ सय ९३, बसलाई कार्वाही गर्दा ७ लाख १९ हजार ५ सय, १ हजार ६६ जीप तथा कारलाई कार्वाही गर्दा ९ लाख ५२ हजार ५ सय राजस्व जम्मा भएको छ ।

त्यस्तै ७ सय ७५ ट्रकलाई कार्वाही गर्दा ६ लाख ७६ हजार ३ सय, ६३ टेक्टरलाई कार्वाही गर्दा ३ लाख ३८ हजार ५ सय, टेम्पु सहित अन्य ३६० सवारी साधन कार्वाहीमा पर्दा ३ लाख १७ हजार ५ सय गरी जम्मा ५४ लाख ८६ हजार राजस्व उठेको ट्राफिक प्रहरी प्रमुख विश्वकर्माले बताए ।

रुट परमिट नभएका, क्षमता भन्दा बढी यात्रु तथा सामान बोक्ने, आवश्यक कागजात नबोक्ने, तिव्र गतिमा सवारी चलाउने जस्ता गल्ति गर्ने सवारी साधन कार्वाहीमा पर्ने गरेको ट्राफिक प्रहरी प्रमुख विश्वकर्माको भनाई रहेको छ ।
साथै दुर्घटना न्युनिकरणको लागी जिल्ला ट्राफिक कार्यलय सल्यानले विभिनन चेतनामुक कार्यक्रम सञ्चालन गर्दै आएको समेत बताएका छन । स्कुल तथा कलेजमा ९७ ठाउँमा कार्यक्रम चलाउदा १५ हजार ५ सय सडक नाटक कार्यक्रम, १५० ठाउमा चलाउदा २४ हजार चालक, सह-चालक र यात्रु सम्बन्धित कार्यक्रम १६० ठाउँमा चलाउँदा जम्मा ३९ हजार व्यक्ति लाभान्वित भएको ट्राफिक प्रहरी विश्वकर्माले बताए ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस