२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

बागचाैर र थारमारे बजारमा सरसफाइ तथा दुर्घटना न्यूनीकरण गर्न जेब्रा क्रसिङ निर्माण

सल्यानको बागचाैर नगरपालिका – २ थारमारे र बागचाैर बजार क्षेत्रमा सरसफाइ तथा दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सडक बाटाे काट्न सहजताका लागि जेब्रा क्रसिङ निर्माण गरिएको छ ।

वडा नम्बर २ कार्यालय, सामुदायक प्रहरी साझेदारी समिति, थारमारे बजार व्यवस्थापन समिती लगायत स्थानीय वासिहरुको सहभागितामा बजार क्षेत्र परिसरमा सरसफाइ तथा जेब्रा क्रसिङ निर्माण कार्य गरिएको हो ।

बजार क्षेत्रमा सडक बाटाे काटने पैदल यात्रीलाई असहज भएकोले सहजताका लागि जेब्रा क्रसिङ निर्माण गरिएको, यसले दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी र चुस्त दुरुस्त बनाउन सहयाेग पुग्ने बताउदै अब पैदल यात्रीले जेब्रा क्रसिङ बाट मात्र बाटो काट्न सामुदायिक प्रहरी साझेदारी समितिका अध्यक्ष एवं वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी ले आग्रह गर्नु भयाे ।

थारमारे बजार क्षेत्रमा सरसफाइ कार्यक्रम प्रत्येक हप्ताको शुक्रबार गरिदै आएको अध्यक्ष डि.सी ले बताउनुभयो । सरसफाइ कार्यक्रम वडा नम्बर २ अन्तर्गत पर्ने अन्य बजारहरुमा पनि नियमित गर्दै आएको उहाँले जानकारी दिनु भयाे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख प्रहरी निरीक्षक कनक शाही, सामुदायिक प्रहरी साझेदारी समितिका अध्यक्ष एवं बागचाैर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी, ट्राफिक प्रहरी मान बहादुर बुढाथोकी थारमारे बजार व्यवस्थापन समिति अध्यक्ष खकेन्द्र बुढाथोकी लगायत स्थानीय वासिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस