साउन ३, सल्यान । निरन्तर रुपमा परेको अविरल बर्षाको कारण पहिराे झर्दा राप्ती राजमार्ग अन्तर्गत दाङ – सल्यान सडकखण्ड अवरुद्ध भएको छ ।
सोमबार करिब ६ बजे तिर कपुरकोट गाउँपालिका ३ चोरखोलामा माटो र ढुङ्गा सहितको पहिरो आएको कारण सडक अवरुद्ध भएलगत्तै प्रहरीको सहयोगमा करिब ३ घण्टापछि सडक सुचारु भएको थियो । फेरि राति खसेको पहिरोकाे कारण सडक पुर्ण रुपमा अवरुद्ध भएको र बाटो खुल्न आझै करिब ७/८ घण्टा लाग्ने भएकोले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार नेपाल प्रहरी, सडक डिभिजन तथा स्थानिय निकायको पहलमा सडक खोल्ने कार्य भई रहेको छ ।