२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

गाउँपालिका अध्यक्ष गिरिले पहिलो महिनाको तलबबाट बिरामिलाई दिए १० हजार

सल्यानको सिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गिरिले एक बिरामिलाई आर्थिक सहयोग गरेका छ्न ।

रुखबाट लडि मेरुदण्ड भाचिएर अस्पतालमा उपचारार्थ रहेकी सिद्ध कुमाख गाउँपालिका – २ कि सुशीला बुढाथोकीलाई आर्थिक सहयोग गरेका हुन ।

गाउँपालिका अध्यक्ष गिरिले आफ्नो पहिलो तलब भत्ताबाट १० हजार २ सय ११ रुपैयाँ सहयोग गरेका हुन । उनले बुढाथोकीलाई अस्पतालमा पुगेर उक्त सहयोग गरेका हुन ।

बुढाथोकीको उपचारकालागी आफुले अझै सहयोग गर्ने अध्यक्ष गिरिले बताए । पहिलो तलब भत्ताबाट बिरामिलाई सहयोग गर्न पाउँदा खुशी लागेको उनले बताए ।

गाउँपालिकाबासिलाई आफ्नो कार्यकालभरी सहयोग गर्ने अध्यक्ष गिरिको भनाई छ । कुनैपनी पालिकाबासिलाई समस्या भएमा आफुले सधै सहयोग गर्ने उनले बताए । उहाँहरुको मतले म निर्वाचित भएको हु’ त्यसैले म उहाँहरुको साथमा छु’ उनले भने” ।

काठमान्डौको एक अस्पतालमा उपचारार्थ बुढाथोकीको केहिदिन अगाडि घासकाट्ने क्रममा रुखबाट लडेर मेरुदण्ड भाचिएको थियो ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस