सल्यानको बागचाैर नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७९ करोड ७९ लाख ७९ हजारको बजेट सर्वसम्मत रुपमा पारित भएको छ ।
बिहीबार ९ औं नगर सभा मार्फत आर्थिक वर्ष २०७९/०८० का लागि नगरपालिकाको बजेट सर्वसम्मत रुपमा
पारित गरिएको हो ।
कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा आर्थिक विधेयक र विनियोजन विधेयक २०७९
नगर उप-प्रमुख सुम्निमा डि.सी. वलीले प्रस्तुत गर्नुभएको थियो । यस्तै कार्यक्रम संचालन बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले गर्नुभएको थियो भने स्वागत मन्तब्य स्वास्थ्य शाखा प्रमुख हरि कठायत राख्नुभएको थियो ।
कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी. वली, बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, बागचाैर नगरपालिकाका १२ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पत्रकारहरु, नगरपालिकामा कार्यरत कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
आगामी आर्थिक वर्ष २०७९।०८० का लागि बागचाैर नगरपालिकाको मुख्य बजेट तथा कार्यक्रमहरु यस प्रकार रहेका छन् :-
-चालू खर्च तर्फ रु ४५ करोड ५० लाख ७० हजार तथा पूजिगत खर्च तर्फ रु ३४ करोड २८ लाख ९२ हजार बजेट विनियोजन ।
-पूर्वाधार विकास तर्फ रु ११ करोड ७८ लाख ५२ हजार बजेट विनियोजन ।
– शिक्षा, स्वास्थ्य, खानेपानी, लैङ्गिक विभेद न्यूनिकरण लगायतका क्षेत्रहरुलाई समेट्ने गरी समाजिक विकास तर्फ रु ७ करोड ६६ लाख ६० हजार बजेट बिनियोजन ।
-आर्थिक विकास तर्फ रु ६६ लाख ८० हजार बजेट बिनियोजन ।
– विपत् व्यवस्थापन तर्फ रु १ करोड बजेट बिनियोजन ।
– सुशासन, न्याय तथा कानून, वन, वातारवरण तर्फ ४८ लाख ५० हजार बजेट विनियोजन ।