२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

शारदा नगरपालिकाले गर्याे १ सय १४ जना करार कर्मचारीकाे म्याद थप नगर्ने निर्णय

सल्यानकाे शारदा नगरपालिकाले १ सय १४ जना करार कर्मचारीको म्याद थप नगर्ने भएकाे छ ।

बुधबार बसेको नगर कार्यपालिका बैठकले करार कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको हाे । उनिहरुकाे २०७९ साउन १ गते देखि लागुहुने गरि सम्झौता थप नगर्ने निर्णय कार्यपालिकाले गरेको हो ।

म्याद थप नगरिएका कर्मचारीहरुमा १ सय ४ जना सडक मर्मत सम्भार कार्यकर्ता र १० जना सामाजिक परिचालक रहेका छन ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस