२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

बागचाैर नगरपालिका वडा नम्बर २ मा मुढा बनाउने तालिम सम्पन्न ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानकाे आयोजनामा बागचाैर नगरपालिका वडा नम्बर नं. २ मा मुढा बनाउने तालिम सम्पन्न भएकाे छ ।

सिप सिकाैं, आत्मनिर्भर बनाैं भन्ने उदेश्यले मुख्यमन्त्री दलित आयआयर्जन प्रर्वद्धन कार्यक्रम अन्तर्गत तालिम संचालन गरिएको हाे। तालिममा बागचाैर नगरपालिका वडा नम्बर २ का दलित समुदायका २० जना महिलाहरु सहभागी रहेका थिय । १५ दिन सम्म संचालन भएको तालिम बाट सिकेको सीप प्रयाेग गरेर आर्थिक आम्दानी समेत गर्न सहयाेग पुगेको बताउदै, तालिममा सहभागीले खुसी ब्यक्त गरेकाछन ।

कार्यक्रममा बाेल्दै बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतमले सिकेको सीपलाई व्यवहारमा लागू गर्दै आयआयर्जनमा अगाडि बढन आग्रह गर्नुभयो । मुढा उत्पादन गर्न कुनै आर्थिक समस्या भएमा नगरपालिकाकाे तर्फबाट सहयाेग गर्ने बताउनु भयाे । कार्यक्रममा बाेल्दै बागचाैर नगरपालिका उप-प्रमुख सुम्निमा डि.सी (वली) ले याे तालिमले महिलाहरुकाे सीप क्षमताको वृद्धि भएको भन्दै आयआर्जनमा मदत पुग्ने विश्वास ब्यक्त गर्नु भयाे । त्यस्तै कार्यक्रम बाेल्दै वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी ले तालिम बाट प्राप्त गरेको सीप प्रयाेगमा आउन सके मुढा उत्पादनमा वृद्धि हुने बाहिर बाट हुने आयात कम हुने र यहाँका महिलाले आर्थिक आम्दानी पनि राम्रो गर्ने बताउनु भयाे ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका कार्यालय प्रमुख निरुप जंग शाहीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी (वली) अतिथिहरुमा वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, तथा स्थानीयहरुकाे उपस्थिति रहेको थियाे । समापन कार्यक्रमकाे सहजीकरण उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका धुर्ब खत्रीले गर्नु भएको थियोे ।

प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस