२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

सल्यानको रानीपोखरीमा आन्तरिक विमानस्थल बनाउनका लागि पहल सुरु।

बागचौर नगरपालिका ८, ९ र छत्रेश्वरी गाउँपालिका १ को सिमा क्षेत्र रहेको रानीपोखरी क्षेत्रमा विमानस्थल निर्माणका लागि सम्भावना भएको भन्दैमा वडा नम्बर ८ र ९ ले पहल सुरु गरेका छन ।

वडा नम्बर ८ का वडा पदाधिकारीहरुको हालै बसेको बैठकले रानीपोखरीमा बिमानस्थल का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बजेट माग गर्ने निर्णय गरेको हो । योजनाको विस्तृत डिपिआर गर्नको लागि बजेट माग सहित मन्त्रालयमा जाने वडाध्यक्ष सुशील जंग चन्दले बताउनुभयो ।

बागचौर नगरपालिका ९ नम्बर वडाले पनि रानीपोखरी क्षेत्रमा विमानस्थल आवश्यक रहेको भन्दै योजना (डिपिआर) गर्न माग गरेको वडा अध्यक्ष यज्ञ बहादुर डाँगीले बताउनु भयो

सल्यान जिल्लामै विमानस्थलका लागि यो क्षेत्र अति उत्तम रहेको वडाध्यक्ष डाँगी ले बताउनुभयो । यो क्षेत्रमा विमानस्थल बनाउनका लागि करिब ६ दशक अगाडी दमाचौरका मस्त बहादुर चन्दले पहल थालेका थिए । त्यसबेला करिब एक हप्ता जति स्थानीयहरुले मैदान बनाउनका लागि जनश्रमदान समेत गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस