खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय सल्यानकाे आयोजनामा बागचाैरमा १ दिने वातावरणीय सरसफाइ सम्बन्धि महिला स्वास्थ्य स्वंमसेविकालाई १ दिने तालिम दिइएकाे छ । बागचाैर नगरपालिका भित्रका १२ वटा वडाका महिला स्वास्थ्य स्वंमसेविहरुलाई तालिम दिईएकाे हाे । तालिममा वातावरण लाई कसरी स्वच्छ बनाउन सकिन्छ, स्वास्थ रहन के-के गर्ने भन्ने विषयमा छलफल गरीएकाे थियाे ।
तालिममा सिकेका कुरा आफुहरुले गाउँघरमा अरुलाई सिकाउने महिला स्वास्थ्य स्वंमसेविकाहरुले बताए । कार्यक्रममा महिला स्वास्थ्य स्वंमसेविकाहरुले आफुले स्वास्थ्य क्षेत्रमा निस्वार्थ भावनाले नि:शुल्क काम गर्दै आइरहेको बताए, खाेप किल्निक, गाउँघर क्लिनिक, लगाएत वडा स्वास्थ क्षेत्रमा आफुहरुले विशेष याेगदान गरेको उनीहरूकाे भनाई छ, आफुहरुका लागि सामान्य संचार खर्च, यातायात खर्च, खाजा भत्ताकाे ब्यवस्था पनि नभएको उनीहरुकाे गुनासाे थियाे ।
कार्यक्रममा बाेल्दै बागचाैर नगर प्रमुख जनकराज गाैतमले स्वास्थ तथा सरसफाइमाकाे क्षेत्रमा महिला स्वास्थ्य स्वंमसेविकाकाे महत्त्वपूर्ण भुमिका रहकाे बताउनु भयाे । स्वास्थ्य स्वंमसेविकाकाे समस्याहरुकाे विषयमा नगरपालिकाकाे तर्फबाट उपलब्ध स्रोत साधनले भ्याएसम्मकाे सहयाेग गर्ने तथा सराेकार वाला निकास संग स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन छलफल गर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा बाेल्दै बागचाैर नगर उप-प्रमुख सुम्निमा डि.सी (वली) ले तालिम सिकेका वातावरणीय सरसफाइ सम्बन्धि जनचेतनामूलक कुराहरु समुदायमा अरुलाई सिकाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । महिला स्वास्थ्य स्वंसेविकाले स्वास्थ्य सम्बन्धि सेवा प्रभावकारी तरिकाले गरेको समाजसेवामा उनीहरुको अतुलनीय योगदान रहेकाे भन्दै नगरपालिका बाट स्वंमसेविकाकाे सेवा सुविधाका लागि पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रोत्साहन स्वरुप महिला स्वास्थ्य स्वंयमसेविकालाई झाेला र जाकेट बितरण गरिएको थियाे । खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय सल्यानका अधिकृत सम्झना के.सीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि बागचाैर नगर प्रमुख जनकराज गाैतम, विशिष्ट अतिथि बागचाैर नगर उप-प्रमुख सुम्निमा डि.सी वली, १२ वटा वडाका महिला स्वास्थ्य स्वंमसेविकाहरुकाे सहभागिता रहेको थियो । कार्यक्रमकाे सहजीकरण बागचाैर स्वास्थ्य शाखा संयोजक हरि कठायत, र स्वास्थ शाखा उप संयोजक एकराज के.सीले गर्नुभएको थियोे ।