जिल्ला समन्वय समिति सल्यानको प्रमुखमा नेपाली कांग्रेसका वेलाराम रावल बिजयी भएका छ्न । उपप्रमुखमा माओवादी केन्द्रका अशबिर बुढाथोकी विजयी भएका छ्न ।
समन्वय समितिका लागि २० मत रहेको सल्यानमा प्रमुखका उम्मेद्बार रावलले १५ र उपप्रमुखका उम्मेद्बार बुढाथोकीले १४ मत प्राप्त गरि बिजयी भएका छ्न । नतिजा अनुसार गठबन्धनको पुरै प्यालन विजयी भएको हो ।
प्रमुखमा नेकपा एमालेका उम्मेद्बार नारायणि खत्री रावतले ५ मत र उपप्रमुखमा बेल बहादुर चन्दले ५ मत प्राप्त गरेका छ्न।
सदस्यहरुमा नेपाली कांग्रेसका बालकृष्ण ( कुमार ) भन्डारी , हिरा कुमारी शाह र बिमला कुमारी खत्री, माओवादी केन्द्रबाट बिन्दु पुन र जमुना बिक निर्वाचित भएका छ्न । एकीकृत समाजबादीबाट चेत बहादुर गिरि र हरिलाल खत्री निर्वाचित भएका हुन ।
समन्वय समिती निर्वाचनका लागि सल्यानमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजबादी बिच गठबन्धन भएको नेपाली कांग्रेस सल्यानका सचीव प्रकाश भन्डारिले बताए । मतदानमा सहभागी सम्पुर्णलाई उनले धन्यवाद दिएका छ्न ।
१० पालिका रहेको सल्यानमा नेपाली कांग्रेसका ८, माओवादी केन्द्रको ६, नेकपा एमालेको ५ र एकीकृत समाजबादिको १ जना मतदाता रहेका छ्न ।