२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

बागचौर नगरपालिकामा पहिलो पटक नागरिक सहायता कक्षको स्थापना

बागचौर नगरपालिकाले पहिलो पटक नागरिक सहायता कक्षको स्थापना गरेको छ । बागचौर नगरपालिकाको कार्यालयमा नागरिक सहायता कक्षको उद्धघाटन गर्दै नगर प्रमुख जनकराज गौतमले नगरबासी को सेवाका लागी कसरि सजिलो बनाउन सकिन्छ भनेर चुस्त दुरुस्त रुपमा लागेको बताउनु भयो ।
नगरपालिकाको पहिलो कार्यपालिका बैठकले सेवाग्राहीलाई सजिलोसँग सेवा दिन र सेवा प्रवाहमा सुधार ल्याउने निर्णय अनुसार नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको नगर प्रमुख जनकराज गौतम ले बताउनुभयो ।
नागरिक सहायता कक्षमा सोधपुछ, योजना भुक्तानी, सहजीकरण निःशुल््क फोटोकपी सेवा लगायतका आवश्यक अन्य सेवाहरु । लिन सकिनेछ

प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस