प्राथमिक स्वास्थ्य केन्द्र थारमारे सल्यानमा एक कार्यक्रम आयोजना गरि बागचौर नगरपालिका नव निर्वाचित नगर प्रमुख जनकराज गौतम र वडा नं २ मा निर्वाचित वडा अध्यक्ष श्री दिपेश डिसी लगायत सदस्य पदमा निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरु लाई स्वागत तथा अभिनन्दन कार्यक्रम गत बुधवारका दिन सम्पन्न गरिएको थियो ।
स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न भए पश्चात् प्राथमिक स्वास्थ केन्द्र थारमारेको स्वास्थ व्यवस्थापन तथा संचालन समितिको पुनर्गठन प्रक्रिया पनि तपसिल बमोजिम सम्पन्न भएको छ।
#श्री जनकराज गौतम – संरक्षक
१) श्री दिपेश डि.सी -अध्यक्ष
२) श्री रोजी बुढाथोकी – उपाध्यक्ष
३) श्री पुर्ण बहादुर भण्डारी – सदस्य
४) श्री रविन कुमार बोहरा – सदस्य
५) श्री यमुना शर्मा – सदस्य
६) श्री सरिता ओली – सदस्य
७) श्री भुपेन्द्र कुमार ओली – सदस्य सचिव