२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

(VERSP-MIS) सम्बन्धि ३ दिने तालिम सल्यानको बागचाैरमा सम्पन्न

सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन प्रणाली सवलीकरण परियोजना अन्तर्गत मुख्य घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली (VERSP-MIS) सम्बन्धि ३ दिने तालिम सल्यानको बागचाैरमा सम्पन्न भएको छ । बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगर उप-प्रमुख सुम्निमा डि.सी. (वली), प्रशिक्षक राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सफ्टवयर ईन्जिनियर दापासा शेर्पा, सिविस नेपाल ASPRO परियोजना संयोजक उमङ्ग मैनाली, मुसिकोट नगरपालिका र बागचौर नगरपालिकाबाट सहभागी सूचना प्रविधि अधिकृत, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शाखा प्रमुख, एम.आई.एस. अपरेटरहरु, वडा सचिवहरु, फिल्ड सहायकहरु र सिविस नेपाल बागचाैरका सामाजिक परिचालन अधिकृत लगायतको उपस्थिति रेहेको थियो । ३ दिन सम्म सञ्चालन भएको कार्यक्रमको सहजिकरण सिविस नेपाल ASPRO परियोजना संयोजक उमङ्ग मैनाली र प्रशिक्षक राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सफ्टवयर ईन्जिनियर दापासा शेर्पाले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ १७ गते मङ्गलवार
प्रतिक्रिया लेख्नुहोस