२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

विषालु केक खुवाई लुटपाट

माघ २२, कञ्चनपुर ।

कञ्चनपुरकाे भीमदत्त नगरपालिका–३ शुभप्रभात टोल बस्ने सन्तोष पाण्डेको घरका सबैलाई विषालु केक खुवाई बेहोस बनाएर डेरामा बस्ने दुईजना व्यक्तिले लुटपाट गरेका छन्।

पाण्डेका घरमा तीन दिनदेखि डेरामा बस्दै आएका दुईजना अपरिचित भारतीय व्यक्तिले गरगहना, मोबाइल सेट, ल्यापटप लगायतका सामग्री लुटेर लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

‘दुई दिनअघि मात्र उहाँको घरमा कोठा भाडा लिएर बस्ने गरेका दुई जना भारतीय नागकिरले शुक्रबार राति श्रीमतीको जन्मदिन परेको भन्दै मिठाइ र केक खुवाउनुभएको रहेछ,’ डीएसपी शाहले भने, ‘तर पिठाइ र केकमा नसालु पदार्थ खुवाएर घरका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट भएको देखिन्छ ।’

शाहका अनुसार नशालु पदार्थसहितको केक खाँदा घरधनी सन्तोष पाण्डेय, श्रीमती कमला पाण्डेय, छोरी सोना पाण्डेय, छोरा सन्दीप र सुदीपलाई बेहोस बनेपछि उनीहरूले लुटपाट गरेका हुन् ।

नशालु पदार्थ खुवाएर बेहोस भएका पाँचैजनाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रगरमा उपचार भइरहेको र उनीहरू होसमा आइसकेकाे डिएसपी शाहले बताए । उनिहरुकाे अवस्था अहिले सामान्य रहेको छ

दुवैजना लुटेराले आफू तरकारीको थोक बिक्रेता भएको भन्दै डेरा मागेका थिए। सिसिटिभी फुटेजमा हेर्दा दुवैजनाले मास्क लगाएको र भारतीय जस्तो देखिएको प्रहरीको भनाइ रहेको छ। प्रहरीले दुवैजना लुटेराको खोजी भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस