२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

टिप्परले ठक्कर दिएपछि स्थानीयद्वारा राप्ती राजमार्ग अवरुद्ध, सयौं सवारीसाधन बन्द

७ जेठ, सल्यान ।

राप्ती राजमार्ग अन्र्तगत तुलसीपुर–कपुरकोट सडक खण्ड अबरुद्ध भएको छ ।

कपुरकोट गाउँपालिका ३ बस्ने २० वर्षीय आकाश सेन ठकुरीको टिपरको ठक्करबाट मृत्यु भएपछि क्षति पुर्तिको माग राख्दै मृतकका परिवार र आफन्तले शनिबार १० बजेदेखि सडक अबरुद्ध पारेका छन् ।

सडक अबरुद्ध हुँदा सयौं सवारीसाधनहरु बिहानै देखि कपुरकोटमा रोकिएका छन् । कपुरकोट बजारमा मृतकका आफन्तले टायर बालेर सडक बन्द गराएका हुन्

शुक्रबार कपुरकोटबाट तुलसीपुर तर्फ आउदै गरेको रा१प ८६७९ नम्बरको मोटरसाईकललाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ क ५६५ र रा १ ख ११२३ नम्बरको टिप्परले तुलसीपुर उपमहानगरपालिका–४ हर्नेटी स्थित दिउँसो करिब ४ बजे ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका सेनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले बताएको छ ।

ठक्कर दिने टिप्पर घोराही सिमेन्टको हो । घोराही सिमेन्ट अहिलेसम्म कुनै वास्ता नगरेपछि आज बिहानदेखि सडक बन्द गरेको एक आफन्तले लेकाली अनलाइनलाई बताए । दुर्घटना स्थल दाङ जिल्लाको क्षेत्र भित्र भएकोले इलाका प्रहरी कार्यालय तुलसीपुरमा पीडित र पीडक पक्षले छलफल गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस