२०८२ माघ ५ गते आइतवार | 2026 January 18th Sunday

सल्यानको कपुरकोटमा फोर्स गाडी दुर्घटना, ३ जनाको मृत्यु

रुकुम पश्चिमबाट दाङतर्फ जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका–३, चोरखोला नजिक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको परिचय भने खुल्न बाँकी छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गाडी आइतबार बिहान सडक बाट करिब ३ सय मिटर तल खसेको हो। दुर्घटनाको समय र कारण हालसम्म स्पष्ट भएको छैन।

दुर्घटनामा परेर गम्भीर घाइते भएका रुकुम पश्चिम बाफिकोट गाउँपालिका–५ का ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसीलाई प्रारम्भिक उपचारपछि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा लगिएको थियो। अवस्था गम्भीर भएपछि उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

गाडी राति करिब १२ बजे कपुरकोट प्रहरी चेकपोइन्टमा इन्ट्री भएको थियो। चेकपोइन्टबाट करिब चार किलोमिटर अगाडि गाडी दुर्घटनाग्रस्त अवस्थामा बिहान ४ बजे मात्र प्रहरीले पत्ता लगाएको हो।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस