२०८३ जेष्ठ १ गते शुक्रवार | 2026 May 15th Friday

सल्यानमा पहिलो ‘जय नेपाल कप’ खुल्ला भलिबल प्रतियोगिता हुने

सल्यान — नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सल्यानको आयोजनामा प्रथम जय नेपाल कप खुल्ला भलिबल प्रतियोगिता २०८२ तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ।

कार्यक्रम २०८२ असोज २२ देखि २५ गतेसम्म बागचौर नगरपालिका–२, थारमारेमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार विजेता टोलीलाई आकर्षक नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
• पहिलो हुने टिमलाई रु. १,००,०००
• दोस्रो हुने टिमलाई रु. ७५,०००
• तेस्रो हुने टिमलाई रु. ५०,००० पुरस्कार दिइनेछ।

भलिबल प्रतियोगितासँगै विभिन्न सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, विद्यार्थीका लागि नेपाल विद्यार्थी संघ” भन्ने मूल नारासहित आयोजना हुने यो प्रतियोगिताले खेलकुदमार्फत स्वास्थ्य र राष्ट्रिय एकताको सन्देश दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस