२०८२ फाल्गुन २२ गते शुक्रवार | 2026 March 6th Friday

राष्ट्रिय परिचयपत्र इलाका प्रशासन थारमारे कार्यालयबाटै वितरण सुरु

सल्यान — जिल्ला प्रशासन कार्यालय सल्यानमा तयार भएका राष्ट्रिय परिचयपत्र (स्मार्ट कार्ड) अब इलाका प्रशासन कार्यालय थारमारेमार्फत नै वितरण सुरु गरिएको छ।

यससँगै बृद्ध तथा अशक्त नागरिकहरूको विवरण संकलन कार्य पनि प्रशासन कार्यालयमार्फत सल्यानमै सुरु गरिएको छ।

वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, उप–प्रहरी नायब उपरीक्षक (DSP) लगायत सरोकारवालाको उपस्थिति थियो।

प्रशासन कार्यालयका अनुसार वितरण कार्य नियमित रूपमा सञ्चालन हुनेछ। हाल वडास्तरमा तयार भएका कार्डहरू पनि क्रमिक रूपमा वितरण गरिने बताइएको छ।

यस व्यवस्थाले नागरिकलाई आफ्नै क्षेत्रमा परिचयपत्र प्राप्त गर्न सहज हुने र विशेषगरी बृद्ध तथा अशक्त नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस