२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

संविधान दिवस : बागचौरमा देशभक्ति र शहीदको सम्मानसहितको उत्सव

२०७२ सालमा जारी नेपालको संविधानको गौरवमय अवसरमा शुक्रबार बागचौर नगरपालिकामा संविधान दिवस राष्ट्रिय एकता, देशभक्ति र शहीदको सम्मानका साथ भव्य रूपमा मनाइएको छ।

कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्षहरू, जनप्रतिनिधि, सरकारी कर्मचारी, विद्यार्थी, शिक्षक, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख जनकराज गौतमले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र लोकतान्त्रिक पहिचानको आधार बनेको संविधानको रक्षा र कार्यान्वयन सबै नेपालीको साझा कर्तव्य भएको उल्लेख गर्दै शहीदहरूको बलिदानलाई सधैं स्मरण गर्नुपर्ने बताउनुभयो।

राष्ट्रिय गौरवको भावना झल्काउने गरी शहीदलाई श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो। साथै नगरका सरकारी कार्यालय र सार्वजनिक स्थलमा राष्ट्रिय झण्डा फहराइएका थिए भने शुभकामना आदान–प्रदान जस्ता कार्यक्रम सम्पन्न गरिएका थिए।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस