२०८२ भाद्र २९ गते आइतवार | 2025 September 14th Sunday

आदिवासी जनजाती महासंघ सल्यान: प्राण कुमार राई अध्यक्षतामा नयाँ कार्यसमिति गठन

अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति चयन

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ जिल्ला कार्यसमिति सल्यानको प्रथम जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । अधिवेशनबाट प्राण कुमार राईको अध्यक्षतामा २५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ ।

निर्वाचित समितिमा उपाध्यक्षमा देवा पुन र बसन्त श्रेष्ठ, सचिवमा कुल बहादुर पुन र खुमराज पुन, सह–सचिवमा टेक बहादुर पुन र अम्मर बहादुर पुन चयन हुनुभएको छ । कोषाध्यक्ष भने पछि सदस्यहरुमध्येबाट चयन गरिने भएको छ ।

सदस्यहरुमा उमलाल बुढा, पुष्पा घर्ती, कल्याण श्रेष्ठ, जय कुमार पुन, बायुमण्डल बुढा, हर्ष बहादुर पुन, भिम बहादुर पुन, निर्मला बुढा, कुलराज बुढा, छविलाल घर्ती, कमान सिं पुन र डिला पाण्डे घर्ती चयन हुनुभएको छ भने बाँकी सदस्यहरु पछि मनोनयन गरिने महासंघले जनाएको छ । निर्वाचन संयोजकको जिम्मेवारी बीरबहादुर सेजवालले वहन गर्नुभएको हो ।

अधिवेशनको उद्घाटन सत्रमा नेपाली काँग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री एकराज डाँगी प्रमुख अतिथिका रुपमा उपस्थित रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथिमा पार्टी सभापति केशबहादुर विष्ट, आदिवासी महासंघका केन्द्रिय सदस्य मान बहादुर बुढा, महिला संघ अध्यक्ष सुस्मिता सापकोटा लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरुको समेत सम्मानजनक उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस