२०८३ जेष्ठ १ गते शुक्रवार | 2026 May 15th Friday

शारदा मेयर T-20 क्रिकेट प्रतियोगिता २०८२ को उपाधि बागचाैरलाई

सल्यानमा सञ्चालित दोस्रो शारदा मेयर न्यु एयर टि–ट्वान्टी कप २०८२ क्रिकेट प्रतियोगिताको फाइनल खेलमा बागचाैर नगरपालिका ४ विकेटले विजेता बनेको छ ।

गत बर्षको उपाधि विजेता समेत रहेको बागचौर नगरपालिका यो बर्ष पनि फाइनलमा विजेता बनेको हो । बागचाैरले गत बर्ष देखि यो वर्षको फाइनल खेल सम्म लगातार ९ खेलमा जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

सल्यान खलंगा लुहापिङ खेलमैदानमा बागचाैर नगरपालिका र कुमाख गाउँपालिका बिच भएको फाइनल खेलमा बागचौरले टस जितेर पहिले फिल्डिङ रोजेपछि कुमाखले पहिले ब्याटिङ गरेको थियो ।

निर्धारित २० ओभरको खेलमा कुमाखले आफ्नो टिमको ७ विकेट गुमाउँदै १२७ रन मात्रै जोड्न सक्यो । जवाफि ब्याटिङमा उत्रिएको बागचाैरले आफ्नो ६ विकेट गुमाउँदै १७ ओभरमा आफ्नो लक्ष्य पूरा गर्‍यो ।

शारदा नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा भएको दोस्रो शारदा मेयर न्यु एयर टि–ट्वान्टी २०८२ कप क्रिकेट प्रतियोगिताको फाइनल खेल जिते सँगै  बागचाैर नगरपालिकाले एक लाख रुपैयाँ पुरस्कार तथा उपविजेता कुमाख गाउँपालिकाले पचाँस हजार पुरस्कार प्राप्त गर्नेछन्  ।

प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस