२०८३ बैशाख २३ गते बुधवार | 2026 May 6th Wednesday

बागचाैर नगरपालिका ५ नं. वडामा तरुण दल गठन

बागचौर नगरपालिका वडा नं. ५ मा बुधवार अधिवेशन सम्पन्न अधिवेशनले दिपेश वलिको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति  चयन गरेको हाे ।

नेपाली कांग्रेसको युवा संगठन तरुण दलको बागचाैर नगरपालिका वडा नं. ५ को नयाँ कार्यसमिति चयन भएको छ ।

बागचौर नगरपालिका वडा नं. ५ मा बुधवार अधिवेशन सम्पन्न अधिवेशनले दिपेश वलिको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति  चयन गरेको हाे ।

नवगठित समितिकाे उपाध्यक्षमा शिब परियार र रमेश परियार , सचिवमा गोपाल के.सी , सह-सचिवमा भरत चन्द र कोषाध्यक्षमा खगेन्द्र नेपाली सहित ३३ सदस्य रहेको तरुण दल प्रदेश सभा १ का सभापति कमल चन्दले जानकारी दिनुभयो ।

अधिबेशनमा नेपाली काँग्रेस वडा नं. ५ का वडा सभापति भद्रबिर रावत, क्षेत्रीय प्रतिनिधि रुद्रमनि पुन, मिनराज बस्नेत , खुमराज पुन, केशव चन्द, रेशम बि.क,जङ्ग बहादुर चन्द, शुर्य बिक्रम बस्नेत , खुमराज परियार, नेपाल बिद्यार्थी संघ सदस्य भाबिष जङ्ग शाही, प्रेस युनियन सल्यान अध्यक्ष लोकमान चन्द, नेपाली काँग्रेसका भातृ एवं सुभेच्छुक संघ संस्थाका नेता, नेपाली काँग्रेस क्रियाशील सदस्यहरु लगायतको उपस्थिति रहेको थियाे ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया लेख्नुहोस