२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

नेपाल महिला संघको बागचाैर नगरसमिति गठन, अध्यक्षमा मनिषा बुढाथोकी

नेपाल महिला संघकोे बागचाैर नगरपालिका स्तरिय नगर कार्य समिति गठन गरिएको छ । बुधबार आयोजित एक भेलाबाट मनिषा बुढाथोकीको अध्यक्षतामा सर्वसम्मत समिति गठन गरिएको हो ।

नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघकोे बागचाैर नगरपालिका स्तरिय नगर कार्य समिति गठन गरिएको छ । बुधबार  आयोजित एक भेलाबाट मनिषा बुढाथोकीको अध्यक्षतामा सर्वसम्मत समिति गठन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा इन्द्रा कुमारी डाँगी, प्रिति थापा वली, सचिव टीका वली, सविता बुढाथोकी, सह-सचिव लक्ष्मी भण्डारी, हिमा शर्मा, कोषाध्यक्षमा यमकला वली डि.सी, सहित ७१ सदस्य रहेको नेपाली काँग्रेस बागचाैर नगर सभापति दिपेश डि.सीले जानकारी दिनुभयो ।

नेपाल महिला संघ जिल्ला कार्यसमिति सल्यानका अध्यक्ष सुस्मिता सापकोटाकाे अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि नेपाली  काँग्रेस कर्णाली प्रदेश सदस्य रुद्र बहादुर चन्द, विशिष्ट अतिथि नेपाली काँग्रेस जिल्ला कार्यसमिति सल्यानका सचिव एकराज बुढाथोकी, जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावल, अतिथिहरूमा नेपाली काँग्रेस बागचाैर नगर सभापति दिपेश डि.सी, उप- सभापति भाैमा न्यौपाने गाैतम, २ नं. वडा सभापति डम्बर ओली, ९ नं. वडा सभापति झक्कु प्रसाद वली, बागचाैर नगरपालिका वडा नं. ११ वडा अध्यक्ष केशबहादुर भण्डारी, जिल्ला कार्यसमिति सदस्य दिपा बस्नेत, पार्टीका नगर प्रवक्ता विवेक खड्का, बागचाैर नगरपालिका वडा नं. २ का वडा सदस्य मोहलाल डाँगी, कार्यपालिका सदस्य राेजी बुढाथोकी, ढाका कुमारी वली डि.सी, सीता शर्मा लगायतको उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया लेख्नुहोस