२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

दोस्रो शारदा मेयर New Year T-20 कप क्रिकेट प्रतियोगिता सुरु -खबर एक्सरे

शारदा नगरपालिका मेयर New Year T-20 कप क्रिकेट प्रतियोगिता शनिबार खलंगा लुहापिङ मैदानमा  सुरु भएको छ । शारदा नगरपालिका सल्यानको आयोजना र क्रिकेट संघ सल्यानको समन्वयमा हुने अन्तरपालिका स्तरीय दोस्रो शारदा मेयर New Year T-20 कप क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

शारदा नगरपालिका  नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर उपप्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, सिद्धकुमाख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का, त्रिबेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खुब बहादुर केसी, जिल्ला प्रहरी प्रमुख केशर कुमार न्यौपाने लगाएत शारदा नगरपालिका भित्रका वडाअध्यक्षहरु, रेफ्री खेलाडी खेलप्रमी पत्रकारहरुको उपस्थित रहेको थियो ।

प्रतियोगितामा जिल्लाका कपुरकोट र दार्मा बाहेक ८ पालिकाका टिमले प्रतिस्पर्धा गर्ने छन्  भने पहिलो खेल आयोजक शारदा नगरपालिका र सिद्ध कुमाख गाउँपालिका बिच खेल हुँदैछ प्रतियोगिता आउदो बैशाख १५ गते सम्पन्न हुने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस