२०८३ जेष्ठ १ गते शुक्रवार | 2026 May 15th Friday

बागचाैर नगरपालिका वडा नं. ७ मा पाँचौ वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु 

सल्यानकाे बागचाैर नगरपालिका वडा नं. ७ काे पाँचौ वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । आइतबार प्रतियोगिताकाे उद्घाटन नगर प्रमुख जनकराज गाैतम प्रमुखले गर्नुभएको हाे ।

वडा नं. ७ का वडा अध्यक्ष प्रेम बहादुर डाँगीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतमले ब्यानर पढेर तथा दीप प्रज्वलन गरेर गर्नुभएको थियाे ।

कार्यक्रममा बिशिस्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी वली, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तिलक मल्ल, नगर प्रवक्ता दिपेश डि.सी, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी, पत्रकार, बुद्धिजीवी, खेलाडी लगाएत वडावासीहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम २०८१ पुष १० गतेसम्म संचालन हुनेछ ।

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस