२०८२ माघ ९ गते बिहिवार | 2026 January 22nd Thursday

बागचाैर नगरपालिका ५, शिवरथमा नव निर्मित खाँडा खडक भगवती मन्दिरकाे नगर प्रमुख गाैतमद्वारा उद्घाटन

सल्यानकाे बागचाैर नगरपालिका वडा नं. ५, शिवरथ काेटमा नवरात्रिको नवौँ दिन विशेष पूजाअर्चना गरी नव निर्मित खाँडा खडक भगवती मन्दिरकाे समुद्घाटन गरिएको छ ।

बागचाैर नगरपालिकाकाे आर्थिक सहयोगमा निर्माण भएको मन्दिरको उद्घाटन नगर प्रमुख जनकराज गाैतमले गर्नुभएको हाे । उक्त अवसरमा नगरपालिकाले वडा नं. ५ काे एक समुहलाई पन्चेबाजा समेत हस्तान्तरण गरेकाे छ । पुराना बाजाहरुकाे संरक्षण तथा नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उदेश्यले नगरपालिकाले गत वर्ष बाजा बजाउने तालिम समेत प्रदान गरेकाे थियाे ।

मन्दिरमा विजया दशमीकाे दिनमा ठुलाे मेला लाग्ने गर्दछ । मन्दिर समुद्घाटन समारोहमा नगर प्रमुख जनकराज गाैतम, नगर प्रवक्ता तथा २ नं. वडा अध्यक्ष दिपेश डि.सी, ५ नं. वडा अध्यक्ष जाेगेन्द्र वली, कार्यपालिका सदस्य, वडा सदस्य, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, बुद्धिजीवी, शिक्षक, पत्रकार लगायत नगरवासीहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति : २०८१ असोज २६ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस