२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

नेपाल कमर्सियल आर्टिष्ट संघ सल्यानको अध्यक्षमा टोपेन्द्र डाँगी चयन

नेपाल कमर्सियल आर्टिष्ट संघ जिल्ला समिति सल्यानको अध्यक्षमा टोपेन्द्र डाँगी चयन भएका छन् ।

सल्यानकाे श्रीनगरमा भएको प्रथम भेलाबाट डाँगीको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति चयन गरिएको हाे ।

संघकाे उपाध्यक्षमा हरि केेसी, सचिवमा हेमराज विक, सहसचिवमा राम बहादुर बस्नेत, कोषाध्यक्षमा समीरनाथ विक, सदस्यहरुमा दामोदर नेपाली, एकराज वली, हिमाल डिसी र प्रदिप परियार रहेका छन् । त्यस्तै सल्लाहकारमा खोपिराम सुनार, बलबहादुर गिरी, राजकुमार आचार्य रहेका छन् ।

भेलाको तदर्थ समिति गठन गर्न नेपाल कमर्सियल आर्टिष्ट संघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र सुवेदी, केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष सुभाष कुमार शाक्य, सचिव राजेन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस