२०८१ जेष्ठ ३० गते बुधवार | 2024 June 12th Wednesday

बागचाैर नगरपालिकामा नव नियुक्त प्रधानाध्यापकलाई नियुक्ति प्रदान तथा बधाई कार्यक्रम सम्पन्न 

सल्यानकाे बागचाैर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजनामा मंगलबार नव नियुक्त प्रधानाध्यापकलाई नियुक्ति प्रदान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।

बागचाैर नगरपालिकाका नगर प्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष जनकरा गाैतमकाे अध्यक्षतामा कार्यक्रम गरिएको थियाे । नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयहरुमा आर्थिक तथा प्रशासनिक प्रमुखको रुपमा कार्य गर्न प्रधानाध्यापकको नयाँ नियुक्तिका लागि विभिन्न मितिमा गरिएको आवेदन सम्बन्धी सुचना बमोजिम दर्ता हुन आएका आवेदनहरुको नगर शिक्षा समितिको निर्णय अनुसार उम्मेदवारहरुलाई प्रधानाध्यापक पदमा छनोट गरिएको थियो । प्रधानाध्यापक पदमा छनौट भएका सम्पूर्ण प्रधानाध्यापकहरुलाई नियुक्ति प्रदान तथा बधाई कार्यक्रम गरिएको हाे ।

कार्यक्रममा नगर प्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, २ नं. वडा अध्यक्ष तथा शिक्षा समिति सदस्य दिपेश डि.सी, १० नं. वडा अध्यक्ष तथा शिक्षा समिति सदस्य ज्ञान प्रसाद शर्मा धिताल, १२ नं. वडा अध्यक्ष तथा शिक्षा समिति सदस्य टिकाराम वली, ५ नं. वडा अध्यक्ष जाेगेन्द्र वली, शिक्षा समिति सदस्य रुपा परियार, शिक्षा शाखा प्रमुख चित्रा बस्नेत,  नगर शिक्षा परामर्श समिति संयोजक हिरालाल न्यौपाने, शिक्षा शाखामा कार्यरत लक्ष्मीनारायण के.सी, लगायत नव नियुक्त प्रधानाध्यापकहरुकाे उपस्थिति रहेको थियाे । कार्यक्रमकाे सहजीकरण शिक्षा शाखामा कार्यरत तिलक वलीले गर्नुभएको हाे ।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया लेख्नुहोस