सल्यान । मृत्यु दावी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको एक हप्तामै आइ.एम.ई आलाइफ इन्स्योरेन्सले दावी भुक्तानी गरेको छ ।
जिल्लाकाे बागचाैर नगरपालिका वडा नं. ५ सेताडाँडाका बालाराम बि.ककाे बैदेशिक रोजगारको शिलशिलामा मलेसियामा केही महिना अगाडि मृत्यु भएको थियोे । मृतक बि.क.को परिवारलाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
१ वर्ष अगाडी आइ.एम.ई लाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका बि.ककाे मृत्यु पश्चात निजको परिवारलाई एक कार्यक्रमका बीच दाबी भुक्तानी दिइएको हो ।
मृतकको निवासमा भएको दावी भुक्तानी कार्यक्रममा प्रमुख अतिथि बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले मृतक बीमितको परिवारलाई बीमा रकम हस्तान्तरण गर्दे मृत्यु पश्चात पनि परिवार प्रतिको दायित्व निर्वाह गर्ने एक मात्र माध्यम जीवन बीमा रहेको बताउनुभयो । मृतकको दावी भुक्तानी छिटोछरितो तरिकाले गरेकाेमा आइएमई लाइफ इन्स्योरेन्सलाई धन्यवाद प्रकट गर्नुभयो । बिमा बाट प्राप्त रकम बालबालिकाको शिक्षादिक्षा स्वास्थ्य उपचार र परिवारकाे सुनाैलाे भविष्यका लागि लगानी गर्न परिवारलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा बिमाकाे बारेमा जानकारी गराउदै आइएमई लाइफ इन्स्योरेन्स सल्यान शाखा प्रमुख भरत राेकायले बैदेशिक रोजगारी बिमा ,जिवन बिमा,म्यादी बिमाको बारेमा जानकारी गराउदै दावि भुक्तानीको सम्पुर्ण प्रकियामा स्थानिय सरकारले खेलेको भुमिका र पहल कदमीको उच्च प्रसंसा गर्दै धन्यवाद ज्ञापन गर्नुको साथै दावि भुक्तानी बाफतको रकम उत्पादन मुलक क्षेत्रमा लगानी गर्न महत्त्वपूर्ण मानिने बताउनुभयो। साथै ग्रमिण क्षेत्रमा बिमा सचेतना कार्यक्रम अगाडी बढाउनु पर्ने आवश्यकता रहेको र स्थानीय सरकारको समन्वयमा बिमा जागरण कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
बागचाैर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष जाेगेन्द्र वलीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि आइएमई लाइफ इन्स्योरेन्स सल्यान शाखा प्रमुख भरत राेकाय, अतिथिहरुमा कार्यपालिका सदस्य रेशम बि.क, विभिन्न राजनीतिक दलका नेता, शिक्षक, ब्यापारी, जेष्ठ नागरिक, महिला समूह, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकाे सहजीकरण आइएमई लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर रेशम भण्डारीले गर्नुभएको थियो ।