२०८२ मङ्सिर १ गते आइतवार | 2025 November 16th Sunday

नेपाल शिक्षक महासंघ सल्यानकाे नयाँ कार्यसमिति चयन -अध्यक्षमा लक्ष्मीनारायण के.सी

नेपाल शिक्षक महासंघ सल्यानकाे अध्यक्षमा लक्ष्मीनारायण के.सी चयन भएका छन् । बुधबार सल्यानकाे श्रीनगरमा सम्पन्न महासंघको दाेस्राे अधिबेशन बाट के.सीको नेतृत्वमा २८ सदस्य नयाँ समिति निर्विरोध चयन भएको हाे ।

समितिमा सह-अध्यक्ष केशब कुमार के.सी, उपाध्यक्ष संगीता बुढा, महिला उपाध्यक्ष राजिता बुढाथोकी, सचिव शिवलाल भट्टराई, सह-सचिव लाेक बहादुर के.सी, अर्थ सचिव कृष्ण प्रकाश वली, संस्थागत सह-सचिव विमल पाैडेल, पुस्कर बि.सी, सह-सचिव महिला पवित्रा शर्मा संस्थागत सह-सचिव दुर्गा बाेहरा, टाेपेन्द्री राना, रोशन बुढाथोकी,  विर बहादुर बुढाथोकी, सदस्य शारदा घर्ती, मनोज के.सी, धन बहादर चलाउने, बुद्धिमान वली, ठकेन्द्र राना, टाेप बहादुर गिरी, टोप प्रसाद शर्मा, अर्जुन भण्डारी, यमलाल के.सी, भिमसेन बि.एम, दयाराम बुढा, कृष्णराज बुढाथोकी, राम प्रसाद शर्मा, वीर बहादुर पुन रहका छन ।

बुधबार नै नव निर्वाचित पदाधिकारीहरूकाे पदास्थापन तथा सपथग्रहण गराइएकाे थियाे । सपथ ग्रहण पछि नवनिर्वाचित अध्यक्ष लक्ष्मीनारायण के.सीले शिक्षकहरूकाे हकहितका लागि सशक्त रुपमा लाग्ने वताए । अघिल्लो कार्यकालमा पनि महासंघको  पदाधिकारी भएर काम गरेको अनुभव रहेकाे भन्दै सबैसँग सहमति र सहकार्य गरेर अगाडि बढने प्रतिवद्धता जनाए ।

नेपाल शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसूदन गिरीको अध्यक्षतामा भएको अधिबेशनमा प्रमुख अतिथि रत्न बहादुर बुढा रहनुभएकाे थियो ।

महासंघ बाट सबै शिक्षकहरुकाे साझा माग पुरा हुने र शिक्षक एकता कायम हुने अधिबेशनमा उपस्थित शिक्षकहरुको भनाई छ ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस