२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

गाउँवेसी जनजागरण आधारभूत विद्यालयकाे २ वटा नवनिर्मित भवन -नगर प्रमुख गाैतमले गरे उद्घाटन 

नवनिर्मित भवनकाे शुक्रबार एक कार्यक्रमका बिच प्रमुख अतिथि नगर प्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष जनकराज गाैतमले उद्घाटन गर्नुभएको हो ।

बागचाैर नगरपालिका वडा नं. १२ मा श्री गाउँवेसी जनजागरण आधारभूत विद्यालयकाे १ वटा ४ काेठे भवन र १ वटा ३ काेठे नवनिर्मित भवनकाे उद्घाटन गरिएको  छ ।

नवनिर्मित भवनकाे शुक्रबार एक कार्यक्रमका बिच प्रमुख अतिथि नगर प्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष जनकराज गाैतमले उद्घाटन गर्नुभएको हो ।

नवनिर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख जनकराज गाैतमले विद्यालयमा भवनको कमी हुँदा पठनपाठनमा समस्या रहेकोमा भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकाेठाकाे अभावकाे समस्या समाधान भएको र पठनपाठनमा सहज हुनेछ बताउनुभयो । विद्यालयका लागि आवश्यक पर्ने सामाग्रीको व्यवस्थापन तथा शैक्षिक सुधारका लागि आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको उहाँको भनाइ छ । आउदो शैक्षिक सत्र बाट बिद्यालयमा रुम टु रिड कार्यक्रम संचालन हुने बताउनुभयो । विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा शिक्षक-शिक्षिकाहरूलाई शैक्षिक सुधारका लागि अथक मिहिनेत गरेर अगाडि बढन निर्देशन गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई अनुशासित र लगनशील भएर अगाडि बढ्न अनुरोध गर्दै, विद्यार्थीहरुकाे उज्ज्वल भविष्यकाे कामना गर्नुभयो ।

कार्यक्रममा विद्यालयका पूर्व शिक्षकहरू विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र निर्माण समितिलाई विद्यालयमा याेगदान पुर्‍याएको भन्दै सम्मानपत्रबाट सम्मान गरिएको थियो। भने वडा स्तरीय वार्षिक परिक्षाकाे नतिजा प्रकाशन तथा पुरस्कार वितरण समेत गरिएको थियाे।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्ताेष खत्रीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष जनकराज गाैतम, वडा नं. १२ का वडा अध्यक्ष टीकाराम वली, वडा नं. ११ का वडा अध्यक्ष केश बहादुर भण्डारी, कार्यपालिका सदस्य रेखा कुमारी डाँगी खत्री, वडा सदस्य मन बहादुर वली, बहादुर वली, हिरा रसाइली, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, शिक्षक, अभिभावक, बिद्यार्थी, पत्रकार लगाएत स्थानीय भद्रभलादमी, बुद्धिजीवीहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा विद्यालयका शिक्षक नाेखिराम खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण प्रधानाध्यापक केश बहादुर वलीले गर्नुभएको थियोे ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस