२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

राप्ती लोकमार्ग अन्तर्गत राम्री कपुरकोट सडकखण्ड आजदेखी दैनिक ७ घण्टा बन्द हुने

दाङ, सल्यान हुदै रुकुम पश्चिम जाेडने राप्ती लोकमार्ग अन्तर्गत राम्री कपुरकोट सडकखण्ड दैनिक सात घण्टा बन्द हुने भएको छ ।

दाङकाे राम्री देखि सल्यानकाे कपुरकाेट सडकखण्डको सडक स्तरोन्नती कार्यका  लागि ब्याक कटिङ गर्न भन्दै दैनिक सात घण्टा बन्द हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।

चैत २६ गते साेमबार देखि २०८१ वैशाख १६ गतेसम्म दिउँसो १२ बजेदेखि बेलुका ४ बजेसम्म र राती ९ बजेदेखि राती १२ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताउनुभयो ।

साना सवारी साधनले वैकल्पिक रुट पैयाखोरिया, साताबास किमुचौर हुँदै कपुरकोट सडक प्रयाेग गर्न सक्ने छन।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस