२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

नेपाल शिक्षक संघ बागचाैर नगर कार्यसमितिकाे आयोजनामा स्थानीय प्रतिनिधि सभा सम्पन्न 

साेमवार बागचाैरमा सभा सम्पन्न भएको हाे । आफ्नो संगठनले गरेका वार्षिक गतिविधिको समिक्षाका साथै संगठन विस्तारका विषयमा सभामा छलफल भएको थियोे ।

नेपाल शिक्षक संघ बागचाैर नगर कार्यसमितिकाे आयोजनामा स्थानीय प्रतिनिधि सभा सम्पन्न भएको छ ।

साेमवार बागचाैरमा सभा सम्पन्न भएको हाे । आफ्नो संगठनले गरेका वार्षिक गतिविधिको समिक्षाका साथै संगठन विस्तारका विषयमा सभामा छलफल भएको थियोे ।सभाको उदघाट्न गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सह-सचिव तथा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले शिक्षण पेशा समाजको अब्बल र मर्यादित पेशा भएको बताउनुभयो । उहाँले समाज रुपान्तरणका निम्ति शिक्षकहरुको महत्वपुर्ण भुमिका रहने हुँदा सधै उत्तरदायि बनेर काम गर्नका निम्ती शिक्षकहरुलाई आग्रह गर्नुभयो । शिक्षा क्षेत्रमा स्थानिय तहले लागनी बढाएको बताउदै शिक्षकहरुको हितको पक्षमा काम गर्न आफू सधै तयार रहेको बताउनुभयो ।कार्यक्रममा नगरपालिकामा सरुवा भई आयका संघका ९ जना स्थायी  शिक्षकहरुलाई स्वागत  तथा संघमा आबद्ध भई सेवा निवृत्त हुनुभएका ७ जना शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

नेपाल शिक्षक संघ बागचाैर नगर कार्यसमिति अध्यक्ष जय प्रकाश वलीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला कार्यसमिति सह-सचिव तथा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि नेपाली काँग्रेस बागचाैर नगर कार्यसमिति सभापति दिपेश डि.सी, नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति अध्यक्ष बामदेब अधिकारी, अतिथिहरुमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य दिल्ली प्रसाद जैसी, शेर बहादुर घर्ती, पवनराज के.सी, नेपाली काँग्रेसका नेता गाेरख के.सी, नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सचिव ललित पुन, नेपाल ट्रेड युनियन कर्णाली प्रदेश उपाध्यक्ष अङ्गेश्वर डाँगी, शिक्षक महासङ्घ सल्यानका उपाध्यक्ष लक्ष्मीनारायण के.सी, शिक्षक संघका प्रेम बहादुर के.सी, बामदेब गौतम, बिमल वली लगायत संघका आबद्ध १२५ जना भन्दा बढी शिक्षकहरुकाे उपस्थिति रहेको थियो । नेपाल शिक्षक बागचाैर नगर कार्यसमितिका अर्थ सचिव गाेपाल वलीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमकाे सहजीकरण शिक्षक संघ बागचाैर नगर कार्यसमिति सचिव तिलक वलीले गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस