२०८३ बैशाख २२ गते मङ्गलवार | 2026 May 5th Tuesday

आफ्नो जन्मदिनमा सामाजिक अभियान्ता ज्ञानेन्द्रले गरे १२ हजार बढीकाे शैक्षिक सामाग्री वितरण

सल्यानका एक सामाजिक अभियान्ता ज्ञानेन्द्र पुन मगरले आफ्नो  जन्मदिनको अवसरमा एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका छन । बुधबार २३ औं जन्मदिनको अवसरमा शारदा नगरपालिका–३ पौवाबारीमा रहेको खड्गदेवी प्रथामिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेका हुन ।

जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर उनिले विद्यालयलाई १६ दर्जन कापी सहित अन्य १२ हजार बढिको शैक्षिक सामग्री वितरण गरे  । युवाले शिक्षामा परिवर्तन ल्याउनुपर्छ भन्ने उद्धेश्यले विद्यालयको शैक्षिकस्तर वृद्धिमा केहि टेवा पुगोस् भनेर विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको पुनले बताए  ।

विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष दिपा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका वडा– ३ का वडाअध्यक्ष तुलसा भण्डारी, प्रधानाध्यापक टिकाराम खड्का, शैक्षिक सुधारका अभियान्ता मौषमदास श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।

पुनले प्रत्येक वर्ष विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाउदै आएका छन  ।

प्रकाशित मिति : २०८० माघ ३ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस