बागचौर नगरपालिका वडा नं. १० काे नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन गरिएको छ ।
बागचौर नगरपालिकाकाे लागतमा निर्माण भएको वडा कार्यालय भवनकाे प्रमुख अतिथि बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले उद्घाटन गर्नुभएको हाे।
वडा कार्यालयकाे आफ्नै भवन नभएकोले भाडाकाे घरमा प्रयाप्त कोठा नहुँदा कार्यालय सञ्चालन तथा सेवाग्राहीलाई सेवा प्रबाहमा कठिनाई हुने गरेकाेमा नवनिर्मित भवन बाट कार्यालय संचालन भएपछि समस्या समाधान भएको नगर प्रमुख गाैतमले बताउनुभयो । वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने नगर प्रमुख गाैतमकाे भनाइ छ । नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले भौतिक पूर्वधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि, सडक, विद्युत विस्तार, खानेपानी लगायतको क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरेको नगर प्रमुख गाैतमले बताउनुभयो।
वडा नं. १० का वडा अध्यक्ष ज्ञान प्रसाद शर्मा धितालले वडा कार्यालय निर्माणका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोगी भूमिका खेल्ने र समन्वय गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा वडा कार्यालयका लागि जग्गा दान गर्ने व्यक्तिहरु, निर्माणकार्यकाे जिम्मा लिई ताेकिएकाे समयमा निर्माण कार्य सम्पन्न गर्ने निर्माण कम्पनी तथा वडा नं १० मा विभिन्न समयमा विभिन्न क्षेत्रमा रही सहयाेग पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियाे । विभिन्न आमा समुह लगायत स्थानीयले आफ्नो कला संस्कृति झल्किने विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिय।
बागचाैर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष ज्ञान प्रसाद शर्मा धितालकाे अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी वली, नगर प्रवक्ता दिपेश डि.सी, वडा नं. ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, वडा नम्बर ८ का वडा अध्यक्ष सुशील जंग चन्द, सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख गुरु प्रसाद अधिकारी, कार्यपालिका सदस्य, वडा सदस्य, निवर्तमान जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, शिक्षक, बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायत नगरवासीकाे उपस्थिति रहेको थियाे । कार्यक्रमकाे सहजीकरण शिक्षक प्रकाश अधिकारीले गर्नुभएको थियो ।