२०८३ बैशाख १० गते बिहिवार | 2026 April 23rd Thursday

थारमारे बजार क्याम्पस राेडमा सडक क्षेत्र मिचेर बनेका संरचना हटाउन ३० दिने अल्टिमेटम

बागचौर नगरपालिका स्थित थारमारे बजार क्याम्पस सडक क्षेत्रमा कालाेपत्रे गर्ने याेजना अनुरुप उक्त क्षेत्रमा सिमा अतिक्रमण गरि निर्माण गरिएका घर, ट्रष्ट, सिढीं, पाली, टहरा, पर्खाल, पेटी, भर्याङग लगाएतका संरचनाहरु र राखेको सामाग्रीहरु हटाउन बागचाैर नगरपालिकाले ३० दिनकाे अल्टिमेटम दिएको हाे।

बागचाैर नगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरि बनाइएका भौतिक संरचनाहरु हटाउन निर्देशन दिएको छ ।

गत मंसिर २४ गतेको कार्यपालिकाकाे निणर्य अनुसार बागचौर नगरपालिका स्थित थारमारे बजार क्याम्पस सडक क्षेत्रमा कालाेपत्रे गर्ने याेजना अनुरुप उक्त क्षेत्रमा सिमा अतिक्रमण गरि निर्माण गरिएका घर, ट्रष्ट, सिढीं, पाली, टहरा, पर्खाल, पेटी, भर्याङग लगाएतका संरचनाहरु र राखेको सामाग्रीहरु हटाउन नगरपालिकाले ३० दिनकाे अल्टिमेटम दिएको हाे।

संरचना हटाउन आइतबार सुचना मार्फत निर्देशन दिदै बागचाैर नगरपालिका र सडक डिभिजन कार्यालय दाङको समन्वयमा कालाेपत्रे तथा नाली निर्माण गरिने हुदा ३० दिनभित्र अतिक्रमीत संरचना हटाउन अटेर गरेमा पालिकाले आफ्नो स्रोत साधन प्रयोग गरी हटाउने र अतिक्रमीत संरचना हटाउँदा लाग्ने खर्च समेत स्थानीय सरकार संचालन ऐन २७४ काे दफा ४५ अनुसार सम्बन्धित व्यक्तिबाट असुल गरिने नगरपालिकाले चेतावनी समेत दिएको छ ।

यसअघि २०७९ चैत्र २७ गते नगरपालिकाले बजार क्षेत्र भित्र पर्ने राप्ती राजमार्गकाे दायाँबायाँ, जनकल्याण नमुना माध्यमिक विद्यालयकाे प्रवेश द्वार सम्म र चाैरजहारी राेड सम्मकाे खाली ठाउँमा कालाेपत्रे तथा नाली निर्माणका लागि सडकमा अव्यवस्थित तरिकाले बनाएका संरचनाहरु हटाएको थियाे।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस