बागचाैर नगरपालिका वडा नं ७ निवासी ससुरा बुवा काशीराज उपाध्याय, श्रीमान् गुरुप्रसाद उपाध्याय, छाेरा सुमन गौतम र सुजन गौतमले बागचौर नगरपालिका वडा न. ७. टाट्के स्थित श्री बाल कन्या माध्यामिक विद्यालयमा स्वर्गीय गीता गाैतमकाे स्मृतिमा `गीता स्मृति अक्षयकोष´ स्थापना गरेका छन ।
साेमबार विद्यालयमा एक कार्यक्रमका बिच अक्षयकोष स्थापना गरिएको हाे । बागचाैर नगर शिक्षा समिति अध्यक्ष तथा नगर प्रमुख जनकराज गाैतमकाे प्रमुख उपस्थितिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामाेदर दहाल , विद्यालयका प्रधानाध्यापक चक्रपानी गाैतम र स्वर्गीय गीता गाैतमकाे परिवार विच सम्झौता भई ४७ हजार रुपैयाँको अक्षय काेष स्थापना गरिएको विद्यालयले जनाएको छ ।
स्वर्गीय गीता गाैतमकाे जन्म २०३२ असाेज ३१ गते भई २०७९ भाद्र १९ गते निधन भएको थियाे । उहाँको सम्झनामा विद्यालयमा अध्ययनरत छात्रछात्रालाई प्रेरणा र हौसला मिलोस भन्ने उद्देश्यका साथ गीता गौतम स्मृति अक्षयकोष ‘स्थापना गरिएको परिवारकाे भनाइ छ । ‘गीता गौतम स्मृति पुरस्कार कार्यविधि बनाई उक्त कोषबाट प्राप्त ब्याजलाई वार्षिक रुपमा विद्यालयमा अध्ययनरत आधारभूत तहका असहाय तथा जेहन्दार छात्रछात्रा पर्ने गरी प्रदान गरिने छ । अक्षय कोषको नाम आवश्यकता अनुसार परिवर्तन र भविष्यमा रकम वृद्धि गर्दै जान सक्ने छ । पुरस्कार प्रत्येक वर्ष विद्यालयको कुनै औपचारिक कार्यक्रममा कार्यविधि अनुसार प्रदान गरिने विद्यालयले जनाएको छ।