२०८२ माघ ९ गते बिहिवार | 2026 January 22nd Thursday

सल्यानमा सडकको छेउमा राखिएका जानकारीमूलक बोर्ड फाल्ने २ जना पक्राउ

सल्यानमा प्रहरीले सडक छेउमा राखिएका प्रहरीको बोर्ड फाल्ने दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानकाे ३०० मिटर अगाडी लेखिएका जानकारीमुलक बोर्ड च्यातेर पुर्ण रुपमा क्षति पुर्याएको आरोपमा उनीहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा शारदा नगरपालिका वडा नम्बर ३ बयलडाँडाका २५ वर्षका मिलन जंग सारु र १९ वर्षका मनिश खरेल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए । पक्राउ परेका उनीहरुले बयलडाँडा स्थित खलंगा बालुवासंग्रही सडक छेउमा राखिएका बोर्ड बिहीबार राती उखेलेर पुर्ण रुपमा फालेको प्रवक्ता श्रेष्ठले बताए ।

पक्राउ परेका दुवै जनालाई सार्वजनिक शान्ती विरुद्धको कसूर (आवश्यक वस्तु तोडफोड वा हानि नोक्सानी गर्न नहुने) मा मुद्दा दर्ता प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस