२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

सल्यानमा मेलाबाट फर्किदै गरेको जीप दुर्घटना हुँदा २ जनाकाे मृत्युु, १७ जना घाइते

सल्यानमा मेलाबाट यात्रुहरु लिएर फर्किदै गरेको जीप दुर्घटना हुँदा २ जनाकाे मृत्युु भएको छ । १७ जना यात्रु घाईते भएका छन् ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ५ गरिपारेमा लाग्ने गरिपारे  मेलाबाट शुक्रबार साँझ यात्रुहरु बोकेर शारदा नगरपालिकाको स्यानीखाल तर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको सफारी जीप दुर्घटना भएको हो । दुर्घटना परी मृत्यु हुनेमा शारदा नगरपालिका वडा नं. १२ तिमिलेका धुर्बि बोहरा र शारदा नगरपालिका वडा नं. १५ बरलाका मुना सेजवाल रहेका छन ।

त्यस्तै दुर्घटनामा चालक शारदा नगरपालिका वडा नं. १ चैवाङज्यूला बस्ने अन्दाजी २१ वर्षिय रविन बुढाथोकी, वडा नं. १२ कागखोलाका ५० वर्षीय कालि बहादुर बुढाथोकी, ५० वर्षीया कल्पना योगी, ७५ वर्षीया पम्फा नेपाली, छत्रेश्वरी गाउँपालिका वडा नं. ५ बस्ने २४ वर्षीया निर्मला बस्नेत, शारदा नगरपालिका वडा नं. १२ बस्ने लक्ष्मी खड्का घाइते भएका छन् ।

यस्तै शारदा नगरपालिका वडा नं. १४ का २४ वर्षीया निरु कंवर, वडा नं. १२ की ४७ वर्षीया कमला बुढाथोकी, १३ वर्षीया खिमा ओली, ३५ वर्षीया हिमा ओली, २५ वर्षीया टिका बोहरा १४ वर्षीया विमला बुढाथोकी र प्रकाश बुढाथोकी , वडा नं. १३ बस्ने ७५ वर्षीया जिउली बोहरा, वडा नं. १५ कि ५७ वर्षिया पेशला भण्डारी, वर्ष ७२ की जानकी बोहरा वडा नं. १३ बस्ने वर्ष २८ कि रिता बुढाथोकी रहेका छन् ।

घाइते सबैको सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको सल्यान जिल्ला अस्पताल र श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जीप साँझ पौने ५ बजेतिर छत्रेश्वरी गाउँपालिका ५ तिर्थपोले स्थित भित्री कच्चि सडकमा दुर्घटना भएको हाे ।  जिप सडकबाट करिब ६० मिटर तल खसेकाे थियोे ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस